नरसिंहा अवतार : राजेश हमालको फितलो कमब्याक

कुनै समय अन्यायको विरुद्धमा उभिएर ‘हे…’ भन्दै राजेश हमालले बोल्ने संवादको तरंगले हल थर्काउँथ्यो, दर्शकलाई जुरुक जुरुक उचाल्थ्यो । दलन र अन्यायमा पारिएका निमुखा जनताको पक्षमा मुखियाको विरुद्ध उँचो स्वरमा बोल्ने परिवर्तनकारी संवादका कारण उनी आमदर्शकमाझ लोकप्रिय भए । त्यसैले नेपाली चलचित्रप्रेमी दर्शकबीच अभिनेता हमाल र ‘हे…’बाट सुरू हुने संवादबीच अन्योन्याश्रित सम्बन्ध छ ।

यही अन्योन्याश्रित सम्बन्धलाई निर्देशक दिवाकर भट्टराईले ‘नरसिंहा : अवतार’मा पक्रन खोजेका छन् । यो मामलामा निर्देशक भट्टराई कति सफल भए त ? यसका लागि हलमै गएर चलचित्र हेर्नुपर्ने हुन्छ ।

तर, दर्शकसँगको हमालको भावनात्मक सम्बन्धलाई पक्रिएर चलचित्र बनाउँदै गर्दा निर्देशक भट्टराईले पक्रन बिर्सेको एकै चिज हो,- समय ।

कथालाई अझै चुस्त बनाएको भए र त्यसमा हमालको मिहेनत परेको भए ‘नरसिंहा : अवतार’ अर्कै तहको चलचित्र हुने थियो ।

‘युगदेखि युगसम्म’, ‘देउता’ जस्ता चलचित्रमा हमालले गर्ने ‘हे…’ र ‘नरसिंहा : अवतार’ मा हमालले गर्ने ‘हे’ बीच समयको ठूलो खाडल छ । कुनै समय नेपाली चलचित्रको फ्रेमभित्र नपर्नेहरू अहिले कलाकारको रूपमा स्थापित भइसकेका छन् ।

अहिले चलचित्रका विषयहरूमा बदलाव आएको छ । दर्शकको स्वादमा फेरबदल आएको छ । समयसंँगै दर्शकको चेतना बदलिएको छ ।  पछिल्ला चलचित्रहरूमा कलाकार होइन, कथा प्रधान बनेर आइरहेका छन् । कथामै पनि मौलिक कथाहरूको प्रभाव ज्यादा देखिन्छ ।

यस्तो परिदृश्यमा निर्देशक भट्टराईले हमाललाई आठ वर्षपछि कमब्याक गराएका छन् । हमालमा निहीत क्रेजलाई पक्रन खोजेको देखिन्छ । चलचित्रमा हमालले पनि निकै मिहेनत गरेको देख्न सकिन्छ । उनले दाह्री जुँघा पाल्नेदेखि कपालसम्म काटेका छन् । पात्रभित्र बाँच्ने कोसिस गरेको पनि देखिन्छ । तर, चलचित्रको कथा एकदमै फितलो भइदिनाले हमालको मिहेनत खेर गएको छ ।

अपराधको संजाल फैलाएका डिजेन्द्र प्रताप (प्रशान्त ताम्राकार) र एसपी अविनाश विक्रम (राजेश हमाल)बीचको संघर्ष चलचित्रको मूल मियो हो । यसमा सुवास (राज कटुवाल)को परिवारमाथि डिजेन्द्रले गरेको हिंसात्मक अत्याचार र सुवासले लिने बदलाको कथा पनि सँगसँगै अगाडि बढ्छ ।

एकातिर अविनास-डिजेन्द्रबीचको टसल अगाडि बढिरहेको हुन्छ, ‘नरसिंहा : अवतार’को गुण्डागर्दी सरसफाइ अभियान समेत चलिरहेको हुन्छ । अर्कातिर छुस्स छुस्स सुवास र कुसुम (सनिशा भट्टराई) को प्रेमकथा अगाडि बढिरहन्छ । अविनास-डिजेन्द्रको टसलबीच आइपुग्ने सुवास-कुसुमको कथाले चलचित्रमा झिँजो मात्रै थप्छ । बिनासन्दर्भ, बिनाप्रसंग आइपुग्ने सुवास-कुसुमको प्रेमकथाको ससपेन्स क्लाइमेक्स नजिक पुग्दा खुल्न त खुल्छ । तर, ससपेन्स खुल्ने समयसम्म दर्शकको धैर्यताको बाँध टुटिसकेको हुन्छ । निर्देशक भट्टराईले दर्शकलाई कथाको दोभानमा पुर्याउने सन्दर्भमा यति धेरै समय खर्च नगरेको भए हुन्थ्यो ।

मूल एन्टागोनिस्ट डिजेन्द्रको हैसियत यतिसम्म छ कि ऊ गृहमन्त्रीसम्म फेर्न सक्छ । तर, टोले गुन्डाभन्दा माथिको हैसियत नबनाएको डिजेन्द्रले राजनीतिमै चलखेल गरेको स्वभाविक लाग्दैन । ऊ मान्छे कुट्दै, गोली पड्काउँदै हिँड्छ । प्रहरीको आईजीपीलाई थर्काउँछ । अस्वभाविक त त्यहाँ लाग्छ, जहाँ आईजीपीले समेत गृहमन्त्रीलाई थर्काएको छ/पढाएको छ । कतिपय यस्तो सन्दर्भमा सिनेम्याटिक लिबर्टी लिन पाइयो, तर कतिसम्म लिबर्टी लिने भन्ने कुरा निर्देशकलाई थाहा हुनुपर्छ ।

हमालमा निहीत क्रेजलाई पक्रन खोजेको देखिन्छ । चलचित्रमा हमालले पनि निकै मिहेनत गरेको देख्न सकिन्छ । उनले दाह्री जुँघा पाल्नेदेखि कपालसम्म काटेका छन् । पात्रभित्र बाँच्ने कोसिस गरेको पनि देखिन्छ । तर, चलचित्रको कथा एकदमै फितलो भइदिनाले हमालको मिहेनत खेर गएको छ ।

कतिसम्म भने काठमाडौं उपत्यका प्रमुखको भूमिकामा रहेका अविनाश पदीय हिसाबले एसपी हुन् । जब कि काठमाडौं उपत्यकाको प्रमुखको रूपमा एसएसपी हुन थालेको एक दशक बढी भइसक्यो । यति मात्रै होइन, दृश्यहरुमा समेत तादम्यता देखिँदैन । अविनाशसँग जोडिएको दृश्य आइरहँदा अचानक सुवास-कुसुमको दृश्य आइपुग्छ । यी दुई दृश्यबीच न कुनै समानता छ, न केही छ । एक प्रसंगको दृश्य चलिरहँदा अचानक अर्को प्रसंगको दृश्य ल्याउनुपर्दा मेकरहरुले जम्प कटको प्रयोग गर्छन् । यहाँ त यो सामान्य नियम समेत उल्लंघन गरिएको छ ।

चलचित्रको ओपनिङ दृश्यमै मिटरब्याजीबाट पीडित परिवारलाई रुवाइएको छ । यो दृश्य यति अस्वाभाविक लाग्छ कि दर्शकले आफूमा रिलेट नै गर्न सक्दैनन् । आँखाबाट बरर खसेको आँसुसँग दर्शकको कुनै साइनो रहँदैन । कलाकारलाई यसरी भलभल्ती नरुवाइदिएको भए पनि हुने थियो । सँगै बज्ने लाउड ब्याकग्राउण्ड म्युजिकले दर्शकमाथि अर्को झमेला थपिदिएको छ ।

‘युगदेखि युगसम्म’, ‘देउता’ जस्ता चलचित्रमा हमालले गर्ने ‘हे…’ र ‘नरसिंहा : अवतार’ मा हमालले गर्ने ‘हे’ बीच समयको ठूलो खाडल छ । कुनै समय नेपाली चलचित्रको फ्रेमभित्र नपर्नेहरू अहिले कलाकारको रूपमा स्थापित भइसकेका छन् ।

पहिलो हाफ जिकज्याक भए पनि दोस्रो हाफबाट चलचित्रले अलि गति लिएको छ । दोस्रो हाफपछि ससेन्सहरू खुल्दै जाने भएकाले पनि चलचित्र गतिशील लाग्छ । मूल एन्टागोनिस्ट डिजेन्द्रबाट पिडीत प्रोटागोनिस्टहरू एक अर्कासित जोडिएर जाने भएकाले पनि चलचित्र केही हदसम्म गतिशील लाग्छ ।

चलचित्रमा दर्शकलाई स्वाद पर्ने चाहिँ एक्सन दृश्यहरूमा हो । एक्सन दृश्यहरूमा निर्देशक भट्टराई र द्वन्द्व निर्देशक राजु तामाङको मिहेनत देखिन्छ । राज कटुवालको एक्सन दृश्यहरू गज्जबका छन् । सँगै हमालको एक्सन दृश्य शानदार छ । यी दुई कलाकारको एक्सन दृश्यले नै चलचित्रलाई केही हदसम्म हेर्नलायक बनाएको छ । यसमा हमालका वजनदार संवादहरुले पनि स्वाद थपेको छ ।

हरेक पात्रको आफ्नै पृष्ठभूमि हुन्छ र त्यो पृष्ठभूमिबाट उसले गर्ने यात्रा अलग्गै हुन्छ । ती पात्रले यात्रा गर्दा जोडिने, ठोक्किने हरेक घुम्तीहरुले मूल कथालाई बिझाउनु हुँदैन, बरु मूल कथालाई अझैं बलियो बनाउँदै लैजानुपर्छ । कथालाई अझै चुस्त बनाएको भए र त्यसमा हमालको मिहेनत परेको भए ‘नरसिंहा : अवतार’ अर्कै तहको चलचित्र हुने थियो ।

समग्रमा निष्कर्ष के हो भने आठ वर्षपछि हलमा कमब्याक गरेका हमालको मिहेनत कमजोर कथाका कारण खेर गएको छ । कमजोर कथाकै कारण हमालको फितलो कमब्याक भएको चलचित्र हो, ‘नरसिंहा : अवतार’। उत्साहित बनेर हलमा पुगेका हमालका फ्यानहरुलाई चलचित्रले निराश बनाउँछ ।

Comments

2 responses to “नरसिंहा अवतार : राजेश हमालको फितलो कमब्याक”

  1. Nick Kashyap. Avatar
    Nick Kashyap.

    मलाइ त राम्रो लाग्यो फिलिम, किनकी म दर्शक बनेर हेर्न गए। पैसा वसूल भयो।राजेश दाइको कमब्याक राम्रो छ । समिक्षक बनेर जानुभयो भने कुनै पनि फिलीम राम्रो लाग्दैन। मुलधार को मौलिक फिल्म हेर्दा हेर्दा वाक्क भएको थिए, कतिचोटी त निदाएको पनि छु हलमा। हरेक मौलिक भनिने फिल्म उस्तै लाग्ने, त्यही गाउघरमा देखिने पात्र तर केही माखो नमार्ने उत्साह नदिने खालको नेपाली फिलीम। नरसिह अवतार चाही अब्बल छ यो मामीलामा।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    फिल्म राम्रो छ, पैसा वसूल हुन्छ। दर्शक बनेर फिल्म हेर्न जानुहोला। धेरै पछी नेपाली फिल्म हेरे, गजब छ। 2-3 वटा मौलिक भनिने सिनेमा हेरेको थिए पहीला , त्यस्तो वाउ भन्ने थिएन। तर यो नरसिह अवतार चाही उत्साह साहस दिने खालको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *