काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा अस्वीकृत गरेका छन् । भट्टले गएको वैशाख पहिलो साता कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए ।
भट्ट कार्यकारी निर्देशकबाट राजीनामा दिएर गभर्नर बन्न होमिएका थिए, तर कामु गभर्नर रहेकी नीलम ढुङ्गानाले उनको राजीनामा स्वीकृत गरेकी थिइनन् । भट्टको राजीनामा नवनियुक्त गभर्नर पौडेलले पनि अस्वीकृत गरेका छन् ।
उनलाई पौडेलले गभर्नरको कार्यालयमा तानेका छन् । आर्थिक अनुसन्धान विभाग प्रमुख रहेका कार्यकारी निर्देशक भट्टलाई यही जेठ १२ गतेदेखि लागू हुनेगरी पौडेलले गभर्नरको कार्यालयमा तानेका हुन् ।
गभर्नर पौडेलले आर्थिक अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी कार्यकारी निर्देशक डा. रामशरण खरेललाई दिएका छन् ।

Leave a Reply