काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औं महाधिवेशनमा अध्यक्षका दाबेदार सुमन पुरीले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार साँझ पुरीले मनोनयन दर्ता गराएका हुन् । पुरीलाई निवर्तमान उपाध्यक्ष अमित लामासहितले साथ दिएका छन् ।
यसअघि नै क्षितिज थेवेले मनोनयन दर्ता गराइसकेका छन् ।
सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया विफल भएपछि निर्वाचन हुने भएको छ । निर्वाचन सोमबार हुनेछ ।


Leave a Reply