काठमाडौं । कवि रोशन यक्सोको कविता सङ्ग्रह ‘सम्झनाको चोमोलुङ्मा’ सार्वजनिक भएको छ। सम्भव समूहको आयोजनामा युनियन हाउसको चोमोलुङ हलमा विमोचित कृतिमाथि प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राई,वक्ताद्वय विमला तुम्खेवा र शकुन्तला जोशीले कृतिमाथि चर्चा गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राईले कवि यक्सोका कविताहरूले गणतान्त्रिक संस्कार निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए।
वक्ता विमला तुम्खेवाले यक्सोका कविता सामाजिक न्याय स्थापनाको निम्ति बुलन्द आवाज सहित प्रस्तुत भएको बताइन् । अर्का वक्ता शकुन्तला जोशीले अधिकांश कविताहरूमा समाज रुपान्तरणको लागि भएका विभिन्न खाले आन्दोलनको प्रतिबिम्ब चित्रित भएको उल्लेख गरिन्।
किताबलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो । कवि याक्सो डेढ दशकदेखि कविता लेखनमा सक्रिय छन् ।

Leave a Reply