काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ ।
बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
रास्वपाको केन्द्रीय समितिको आकस्मिकभर्चुअल बैठक हिजो ४ बजे बसेको थियो भने त्यसको निरन्तरता स्वरूप केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।बैठकमा मुख्य ४ एजेण्डामा छलफल हुने प्रवक्ता झाले बताए ।
बैठकमा पार्टी सभापति रवि लामिछाने माथि लगाइएको प्रतिशोधपूर्ण झुठा मुद्दाको आगामी प्रक्रिया बारे,भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नताबारे, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डरबारे र तेस्रो स्थापना दिवस (असार७)को कार्यक्रमबारे पनि छलफल हुने उनले जानकारी दिए। साथै विविध विषयमा पनि छलफल हुनेछ ।

Leave a Reply