असिनापानीले जुम्लामा स्याउ बगैँचामा क्षति

जुम्ला । असिना सहितको वर्षात्ले यहाँका स्याउ बगैँचामा क्षति पुर्‍याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्‍याएको हो ।

विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहँु, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।

झण्डै आधा फिट असिना परेको थियो । वडाध्यक्ष रावतले भने, ‘पाकेको बाली खेतबारीमै झारेको छ । सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ ।

स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।’ असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *