रुस र युक्रेनबीच समान ३०७ युद्धबन्दी साटासाट

काठमाडौं । रुस र युक्रेनले एकअर्कालाई ड्रोन हमला गरिरहेको समाचार आइरहँदा दुई देशले एकअर्काका युद्धबन्दी पनि साटफेर गरेका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार दुई देशले समान ३०७ युद्धबन्दी साटेका छन् । रुसमा बन्धक ३०७ युक्रेनी र युक्रेनमा बन्धक ३०७ रुसीलाई छाडिएको छ ।

मे महिनाको सुरुमा टर्कीको राजधानी इस्तानबुलमा भएको पहिलो आमनेसामने वार्तापछि यो कदम आएको हो । युद्ध सुरु भएको तीन वर्षपछि अमेरिका र टर्कीले समन्वय गरेर दुई देश आमनेसामने भएर वार्तामा बसेका थिए ।

रुस र युक्रेनले एक हजार युद्धबन्दी साटासाट गर्ने सहमति गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *