आरोप साँचो सावित भए मन्त्री पदमात्र होइन, राजनीति नै छोड्छुः गृहमन्त्री लेखक (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको सबै आरोप गलत भएको दाबी गरेका छन् । काठमाडौंमा पत्रकारसँग सक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको कुरा आएपछि लेखकको आलोचना भइरहेको छ ।

उनले आरोप साँचो भए राजनीति नै छोड्ने बताए ।

‘मलाई लागेको सबै आरोप गलत हुन् । आरोप साँचो सावित भए मन्त्री पदमात्र होइन, राजनीति नै छोड्छु’, उनले भने ।

यसअघि जनकपुरमा भएको एक कार्यक्रममा पनि गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप सही ठहरिए राजनीतिमै देखा नपर्ने बताएका थिए ।

Comments

One response to “आरोप साँचो सावित भए मन्त्री पदमात्र होइन, राजनीति नै छोड्छुः गृहमन्त्री लेखक (भिडिओ)”

  1. Mania Thompson Avatar
    Mania Thompson

    आरोप साबितनै हुन्न नि। हुने भए केही पनि नभएको र्याले, थुतुने (ओलि), १७ हजारे को अकुत सम्पत्तिको प्रमण छ? भनेर भन्या जस्तै तेरो (अलेखके) प्रमाण हुने गरेर तैले काम गर्छस र? जनतालाई मूर्ख बनाउने कोशोस नगर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *