स्वास्थ्य विज्ञान विश्वविद्यालय शीघ्र सञ्चालनका गर्न मुख्यमन्त्रीको जोड, पर्याप्त बजेट विनियोजन गर्न माग

कैलाली । कैलालीको गेटामा तत्काल सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सङ्घीय सरकारलाई आग्रह गरेका छन् । गेटामा नेपालकै पहिलो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गएको आइतबार विधेयक पारित भएको थियो ।

शनिवार उपलब्ध राष्ट्रियसभा सदस्यहरूसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय छलफल गर्दै मुख्यमन्त्री शाहले आवश्यक बजेट विनियोजन, कर्मचारी परिपूर्ति लगायतका विषय टुङ्गाउनु पर्ने बताएका थिए । मुख्यमन्त्री शाहले विश्वविद्यालय विधेयक पारित गरेकोमा प्रतिनिधि सभा र राष्ट्रियसभा सदस्यलाई धन्यवाद ज्ञापन गरे । ऐन अनुसार विश्वविद्यालय सञ्चालन गर्न लागि आगामी आर्थिक वर्ष २०८२\८३ मा पूर्ण बजेट छुट्टाउनु पर्ने मुख्यमन्त्री शाहको जोड थियो ।

विश्वविद्यालयको शीघ्र सञ्चालनका लागि सबै पक्षबिच समन्वय र सहकार्यको आवश्यकता रहेको मुख्यमन्त्री शाहले बताए ।

छलफलको क्रममा राष्ट्रियसभा सदस्य गरिमा शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न पूर्ण बजेटको व्यवस्थाका लागि पहल गर्ने बताइन् ।

छलफलमा राष्ट्रियसभा सदस्य नारायदत्त भट्ट, रेणु चन्द, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, प्रदेशसभा सदस्य, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेय आगो लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *