रुपन्देही । सडक भासिएर गएरातीदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्गको बर्दघाट दाउन्ने खण्ड ११ घन्टापछि एकतर्फी रुपमा संचालनमा आएको छ। गएराती ११ बजेदेखि पूर्ण रुपमा अवरुद्ध पूर्वपश्चिम जोड्ने एकमात्र सडक अहिले ११ बजेदेखि एकतर्फी रुपमा संचालनमा आएको हो ।
मुख्य सडक अवरुद्ध भएपछि पश्चिमबाट पूर्वतर्फ जाने सवारी साधन बर्दघाटमा र पूर्वबाट पश्चिमतर्फ आउने सवारी साधन दुम्किबास क्षेत्रमा रोकिएका थिए।
भत्किएको सडकमा ह्युमपाईप राखेर बिहान साढे करिब १० बजेदेखि सडक सुचारु गरिएको बुटवल नारायणगढ सडक बिस्तार आयोजना पश्चिम खण्डका प्रमुख सशांक मिश्रले जानकारी दिए। बिस्तारको क्रममा रहेको सडक माथिबाट पहिरो झर्ने र सडक तलबाट भत्किएपछि सनिबार बिहानैदेखि सडक मर्मत गरेर सवारीसाधनको आवागमन सुचारु गर्ने प्रयास गरिएको थियो।
खुर्साने खोला नजिकै भत्किएको सडकको डिलतर्फ ह्यूमपाइप राखेर एकतर्फी आवागमन सुचारु गरिएको हो। इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी नायब निरीक्षक तिर्थराज भुसालले पनि सडक मर्मत गरेर अहिले एकतर्फी रुपमा सडक सुचारु गरिएको जानकारी दिए।
बर्दघाट नगरपालिका वडानम्बर ४ अन्तर्गत पर्ने खुर्साने खोला नजिकै सडकमाथिबाट पहिरो झरेको र तलतर्फको डिल भत्किएको छ।

Leave a Reply