नेपालका ‘नागरिक संस्थाहरू’लाई आयरल्याण्ड सरकारले ७ करोड बढी दिँदै


काठमाडौं । सोसल इन्जिनियरिङमा आफ्नो मुद्दा बलियो बनाउन युरोपेली देश आयरल्याण्डले नेपाली सामाजिक संस्थाहरूमा लगानी गर्ने भएको छ।

विकास,लोकतन्त्र र समृद्धिुको नाममा दिइने भनिएको रकम कुन-कुन संस्थालाई दिने भन्ने चाहिँ सार्वजनिक भएको छैन।

५ लाख युरो लगानी गर्ने घोषणा नेपालका लागि आयरल्याण्डका राजदूत केभिन केलीले गरेका हुन्। अहिलेको सटही दरमा यो रकम करिब ७ करोड ७० लाख नेपाली रुपैयाँ हुन्छ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनबाट राजदूत केलीले यस्तो घोषणा गरेका हुन्। युरोपेली सङ्का २१ प्रतिनिधि तथा राजदूतहरू नेपाल आएको सन्दर्भ पारेर केलीले यस्तो घोषणा गरेका हुन्।

राजदूत तथा प्रतिनिधिहरूले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा लगायतलाई भेटेका थिए ।

५ लाख युरो लगानी गर्ने घोषणा सार्वजनिक कार्यक्रममा बोल्दै राजदूत केलीले भने, ‘नेपालमा नागरिक समाजप्रति आयरल्याण्डको समर्थनले समावेशी, सहनशील र स्थानीय नेतृत्वमा आधारित विकासप्रतिको हाम्रो प्रतिबद्धता दर्शाउँछ।’

‘यसले आयरल्याण्ड र नेपालबीचको बढ्दो र सकारात्मक सम्बन्ध, र यस साझेदारीले नेपाली समाजमा पुर्‍याउँदै आएको ठोस योगदानलाई पनि झल्काउँछ,’ राजदूतले सामुहिक भ्रमणसम्बन्धी कुरा गर्दै राजदूत केलीले थपे, ‘यो युरोपेली संघको मिशनले नेपालप्रति बलियो र एकीकृत समर्थनको सन्देश दिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *