काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि रास्वपाले सचिवालय बैठक र केन्द्रीय समितिको बैठक बोलाएको हो ।
शुक्रबार राति अदालतले लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात उत्पन्न परिस्थितिकाबारे छलफल गर्न रास्वपाले सचिवालयको आकस्मिक भर्चुअल बैठक बोलाएको थियो ।
सोही बैठकले आज दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक गर्ने निर्णय गरेको हो । त्यस्तै
भोलि आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।
लामिछानेलाई सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश शुक्रबार सदर गरिदिएपछि रास्वपा नेताहरुले बैठकमा अबको रणनीति तय गरिने बताइएको छ।

Leave a Reply