प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ- राजावादीसँग मिल्न जान्छ भनेको भए मेन्टल हस्पिटल जानुस् (भिडिओ)

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादीसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

पे्रस सेन्टर गण्डकी प्रदेश समितिले पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजासँग मिल्ने आरोप लगाएको भए मेन्टल हस्पिटल जचाउन आग्रह गरे ।

‘राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै केही भन्दिनँ । यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मेन्टल हस्पिटल गएर जचाउन सल्लाह दिन चाहन्छु’, उनले भने ।

प्रचण्डले राजावादीविरुद्धको माओवादीको भण्डाफोरले सरकारलाई राहत मिलेको दाबी गरे ।

उनले भने, ‘बढ्दै गरेको आक्रोशलाई हामीले प्रतिगामी र राजावादीहरुको निरंकुशतामाथिको हर्कतको भण्डाफोर गरिदिँदा सरकारलाई थोरै भएपनि राहत महशुस भयो ।’

 

Comments

3 responses to “प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ- राजावादीसँग मिल्न जान्छ भनेको भए मेन्टल हस्पिटल जानुस् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    ज्ञानेन्द्र र प्रचण्ड एउटै हुन् । तर ज्ञानेन्द्र प्रचण्डजस्तो लैनचौर लम्पसारवादी चाहिँ होईन । दुबै अराजक, चरम स्वार्थी र पदको लागि जे पनि गर्ने हुन् ।

    1. manaia thompson Avatar
      manaia thompson

      @Ksp Pyl Khutti dekherai thaha bhay. desh bechuwa hun Khadge, Ryaale ra yo 17000 + 4 jyaanmara. Yiniharuko ta chaahi langauti 🙂

  2. manaia thompson Avatar
    manaia thompson

    @Ksp Pyl Khutti dekherai thaha bhay. desh bechuwa hun Khadge, Ryaale ra yo 17000 + 4 jyaanmara. Yiniharuko ta chaahi langauti 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *