काठमाडौं । रवि लामिछानेको मुद्दामा आदेश आउने प्रतीक्षा लम्बिइरहेको छ । अहिले सर्वोच्च अदालत परिसरमा रास्वपा कार्यकर्ताहरु आदेश सुन्न भीड लागेका छन् ।
स्रोतका अनुसार न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालले ढोका थुनेर आदेशलाई अन्तिम रुप दिइरहेका छन् । उनीहरुसँग इजलास अधिकृत मात्रै रहेको स्रोतले बतायो । बाहिर कार्यकर्ताहरुले होहल्ला गरिरहेका छन् ।
त्यस्तै, सञ्चारकर्मीहरुकाे पनि बाक्लाे उपस्थिति छ । रवि पत्नी निकिता पनि अदालतमै छिन् । यसैबीच सुरक्षाकर्मीहरु पनि ठूलाे संख्यामा उपस्थिति रहेकाे छ ।


Leave a Reply