पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको दाबी गरेका छन्।
राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले कांग्रेससँग मिलेको बताए।
उनले भने, ‘स्थिरता र सुशासनका लागि एमाले र कांग्रेसको सरकार बनेको बताउँदै सरकार ढल्यो भनेर कराइरहेकाहरुलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर काग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी हामी सरकारमा रहेर निर्वाचन गराउँछौं।

Leave a Reply