काठमाडौं । नेपाल बैंकर्स संघले गभर्नर विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ । संघको कार्यकारिणी समितिका पदाधिकारीहरूले नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्दै उनलाई बधाई तथा शुभकामना दिएका हुन् ।
नयाँ गभर्नरसँगको भेटमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि बताएका थिए ।
नव नियुक्त गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । भने, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नु पर्ने बताए ।

Leave a Reply