मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण

जनकपुरधाम । मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनलगत्तै जनमत पार्टीका नवनियुक्त मन्त्री बसन्त कुशवाहा र संजय यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहा र वन तथा वातावरण मन्त्री यादवले पद तथा गोपनीयताको शपथग्रहण गरे । उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतका दुई मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

यसअघि जनमतले वन मन्त्री त्रिभुवन शाह र उद्योग मन्त्री सकील अलि मियालाई बनाएको थियो । पार्टीको नियमित प्रक्रिया अनुरुप मन्त्री हेरफेर गरेको जनमत पार्टीले जनाएको छ ।

नवनियुक्त मन्त्रीद्वयले शपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

यादव सिरहाबाट निर्वाचित सांसद हुन् । उनी यसअघि कृषि राज्यमन्त्री बनेका थिए ।कुशवाहा समानुपातिक सांसद हुन् । उनी यसअघि कृषि मन्त्री भइसकेका छन् ।

Comments

2 responses to “मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण”

  1. ksp pyl Avatar
    ksp pyl

    नयाँ भनिएको जनमतले पनि लुटन पालो दिएछ । तराईका त एकसे एक लुटेरा, चोर पार्टी मात्र निस्किए ।

  2. KB Gurung Avatar
    KB Gurung

    mantri bannu banaunu pani fashion jastai vai sakyo…kam chai oda adhakcya ko jati pani hudiana mantri….

Leave a Reply

Your email address will not be published. Required fields are marked *