बजेटमा सञ्चार क्षेत्रलाई समेट्न आग्रह गर्दै महासंघ काठमाडौंले ११ वटै पालिकाको गरायाे ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले काठमाडौं जिल्लाका ११ वटै पालिकामा पुगेर आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटमा सञ्चार तथा पत्रकारिता क्षेत्रको सरोकारलाई समेट्न आग्रह गर्दै सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

शाखा अध्यक्ष शोभा अर्याल नेतृत्वमा वैशाख २५ गते नार्गाजुन नगरपालिकाबाट सुरु भएको ‘मिडिया बचाउ अअभियान’ जेठ ६ मा काठमाडौं महानगरपालिका उप प्रमुख सुनिता डंगाेललाई ध्यानाकर्षण पत्र बुझाए पछि समापन भएको छ ।

काठमाडौं शाखा साना लगानीका स्वरोजगार मुलुक छापा माध्यमहरुको बाहुल्यता भएको शाखा पनि हो ।

के छन् ७ बुँदामा ?

१) काठमाडौं शाखामा देशकै सबै भन्दा धेरै स्वरोजगारमूलक मिडिया आवद्ध रहेकाले यिनीहरुको संरक्षण र विकासका लागि विशेष योजना तथा नीति बनाउन माग गर्दछौं ।

२) मिडिया विकासका लागि लोककल्याणकारी विज्ञापन तथा फेलोसिपको व्यवस्था गर्न माग गर्दछौं ।

३) साप्ताहिक, पाक्षिक, मासिक र मध्यम खालका छापा माध्यमकाे ऐतिहासिक महत्त्व र ति माध्यमहरुले खेलेको भुमिका मनन् गर्दै यस्ता छापा माध्यमकाे संरक्षण र प्रबर्द्धनका लागि नगरपालिकाले बिशेष याेजना ल्याउन आग्रह शाखाले गरेकाेछ। साथै न्यु मिडियाकाे विकास र संरक्षणकाे पहलकदमी लिन आग्रह ।

४) पत्रकारहरुको सिप तथा क्षमता विकासका लागि तालिम, गोष्ठी, सेमिनारको लागि कम्तीमा वार्षिक १० लाख बजेटको व्यवस्था गर्न माग गर्दछौं ।

५) लोककल्याणकारी विज्ञापन तथा अन्य सूचना सन्देश विभिन्न भाषाभाषि, महिला, दलित, आदिवासी तथा जनजातिहरु प्रकाशक तथा सम्पादक रहेका मिडियालाई प्राथमिकता दिई समावेशी ढंगले वितरण गर्न माग गर्दछौं ।

६) स्थानीय तहबाट निर्माण गर्ने मिडिया नीति तथा ऐन कानुन मिडियामैत्री र संविधानको भावना अनुरुप हुने गरी निर्माण गर्न माग गर्दछौं ।

७) यस नगरपालिकाका कार्यक्रममा पत्रकार महासघ काठमाडौं जिल्ला शाखा संग आपसी सहकार्य गर्न आग्रह गर्दछौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *