मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हेरफेर र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीले मन्त्री हेरफेर गरेको हो । सोही अनुसार मुख्यमन्त्रीले दुई मन्त्रीलाई हटाएर अर्का दुई मन्त्री नियुक्त गरेका हुन् ।

उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयमा बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्रालयमा सञ्जय कुमार यादवलाई मन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रमुख प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले मन्त्री हेरफेर तथा मन्त्रिपरिषद् पुर्नगठन भएको सूचना जारी गरेका हुन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्ति, हेरफेर र कार्य विभाजनसहित मन्त्रिपरिषद्को पुनर्गठन गरेको सूचनामा उल्लेख छ ।

जनमतबाट यसअघि उद्योगमन्त्री सकिल मिया अनन्सारी र वनमन्त्री त्रिभुवन साह थिए । एक वर्षको कार्यकाल मुल्यांकन गर्दै पार्टीको नीति अनुरुप मन्त्री हेरफेर गरिएको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिक्रिया दिइसकेका छन् ।

स्रोतका अनुसार नवनियुक्त मन्त्रीद्वयलाई आजै पद तथा गोपनियताको शपथग्रहण गराउने कार्यक्रम राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *