ट्रम्पले बजेट कटाएको अमेरिकी सरकारी मिडियामा यूरोपले अनुदान दिँदै

काठमाडौं । अमेरिकी सरकारी मिडियाको रुपमा संचालन भएका रेडियो फ्रि यूरोप र रेडियो लिबर्टीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले रकम कटौती गरेसँगै त्यसको उद्धार गर्न युरोप अगाडि बढेको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार यूरोपेली संघको तर्फबाट रेडियोलाई ५५ लाख यूरो अनुदान दिइने भएको छ । अमेरिकी रकम कटौती भएसँगै रेडियोका कर्मचारीहरुले वेतलबी बिदा पाएका थिए ।

सन् १९५० को दशमा सीआईएको मिसनको रुपमा सुरु गरिएको रेडियो यूरोप केन्द्रित हुन् । यूरोपेली संघकि वैदेशिक मामिला प्रमुख काजा काल्लासले यो अनुदान आपतकालीन वित्त भएको बताएकी छन् ।

रुस, बेलारुस, इरान र विभिन्न मध्य एसियाली देशका स्रोतालाई लक्षित गरेर यी रेडियो संचालनमा थिए । यसलाई रेडियो भन्दा पनि ‘मिसन’को रुपमा यूरोपेली नेताहरु चित्रित गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *