टोपबहादुरलक्षित नारायणकाजीको टिप्पणी- भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएर जेल गए

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीको रक्षा गर्नको लागि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालेको पुष्टि भइसकेको बताएका छन्।

मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत बागलुङको गलकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै सरकार भ्रष्टाचारीहरूको रक्षा गर्न र थप भ्रष्टाचार गर्नको लागि बनेको आरोप लगाए।

उनले भने, ‘भुटानी शरणार्थी काण्ड सबैले सुन्नुभएको छ, आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर अर्काको देशको शरणार्थी बनाएर पैसा कमाउने धन्दामा राज्यकै नेतृत्वमा बसेका गृहमन्त्री, गृहसचिवहरु लागेको देखियो। उपप्रधानमन्त्री भइसकेका व्यक्ति लागेको देखियो। सांसद र सचिवहरू पनि लागेको देखियो। हामीले कारबाही प्रक्रिया अघि बढायौँ पूर्वउपप्रधानमन्त्री, पूर्व गृहमन्त्री जेल गए।’

उनले पूर्वउपप्रधानमन्त्री भनेर एमाले नेता टोपबहादुर रायमाझीलाई भनेका हुन्। उनले सरकारी जग्गा व्यक्ति नाममा ल्याउनेहरूलाई पनि कारबाही प्रक्रिया बढाएको स्मरण गरे। उनले ओली सरकारलाई जनताले भ्रष्ट, कपटी र निरङ्कुश सरकारको संज्ञा दिइरहेको बताए।

उनले सरकार कांग्रेस एमालेका नेताहरू जोडिएको काण्डमा मुद्दा नचलाएर अरूलाई छानिछानी मुद्दा चलाएको भन्दै जति दिन यो सरकार चल्छ त्यति देश सङ्कटमा फस्ने टिप्पणी गरे।

Comments

2 responses to “टोपबहादुरलक्षित नारायणकाजीको टिप्पणी- भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएर जेल गए”

  1. ksp pyl Avatar
    ksp pyl

    तिम्रो अध्यक्ष दिल्लीको भक्त हुँदा पनि देवता मानेर बसिरहेका छौ । धक्कु नलगाउ तिमी पनि । बिआरआई सम्झौता प्रचण्डले घर्रामा थन्काउँदा के मुखले राजिनामा नदिई बसेका ?

  2. ram bhattarai Avatar
    ram bhattarai

    आफ्नो पार्टीको सभामुख ,मन्त्रि ,तिनका छोरा छोरी ,सल्लाहकार आदिले गरेको बलात्कार, सुन ओसारपसार ,सुन तस्करी बिद्धुतीय चुरोट भेभ मा सुन तस्करी आदिको कुरा पनि गर्न हौ नकचरा हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *