परराष्ट्रमन्त्री राणा र जापानी विदेशमन्त्रीबीच टोकियोमा भेटवार्ता

काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले त्यहाँको विदेशमन्त्री इवाया ताकेसीसँग भेटवार्ता गरेकी छन्। टोकियोस्थित विदेश मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको हो।

विदेशमन्त्री ताकेसीसँगको भेट फलदायी भएको बताइन्। उनले भनिन्, ‘मैले भेटकाे क्रममा जापान एयरलाइन्सलाई नेपालमा उडान सुरू गर्न आग्रह गरेको छु। उहाँले सहजीकरण गर्ने जनाउनुभएको छ। वार्ता फलदायी भएकाे छ।’

जापान र नेपालले लामो समयदेखिको र दिगो साझेदारी भइरहेकोबारे छलफल भएको बताइन्। नेपाल जापान सम्बन्धको ७० बर्षे इतिहासका विविध पक्षहरुमा छलफल गर्दै यो साझेदारीलाई अझ सुदृढ र विस्तार गर्न दुवै देश तयार रहेको बताइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *