पोखरामा पिएम कप एनभिए भलिबल लिग सुरु, एपीएफ र एभरेस्टको विजयी सुरुआत

पोखरा । पोखरामा पहिलोपटक प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिग सुरु भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा पहिलो दिन ६ खेल हुनेछन् । यो समाचार तयार पार्दासम्म ३ खेल सकिएका छन् । महिलातर्फ दुई र पुरुषतर्फ एक खेल सकिएका हुन् ।

आज भएको महिलातर्फको पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा एपिएफले २५–१०,२५–१०, २५–१५ को सहज जित निकालेको हो ।

महिलातर्फको दोस्रो खेलमा एभरेस्ट भलिबल क्लवले त्रिभुवन आर्मीलाई ३—१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २२–२५ ले गुमाएको एभरेष्टले त्यसपछि लगातार २५–१९, २५–१७,२५–१३ ले सेट आफ्नो पक्षमा पारेको हो । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको टोलीमा ३ थाइल्याण्डका खेलाडी छन् ।

आजको तेस्रो खेलमा पुरुषतर्फ एपिएफ क्लबले सुदुरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले पहिलो सेट २५— १९, दोस्रो सेट र तेस्रो सेट समान २५—१६ ले आफ्नो पक्षमा पार्‍यो ।

आजको चौथो खेल पुरुषतर्फ गण्डकी प्रदेश र कोशी प्रदेशबिच हुनेछ । आजको पाँचौं खेलमा हेल्प नेपाल स्पोट्र्स क्लव र त्रिभुवन आर्मी भिड्नेछन् । यस्तै आजको अन्तिम खेल पुरुषतर्फ नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लवको प्रतिष्पर्धा हुनेछ ।

दुवैतर्फका विजेताले ८ लाख उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *