बर्दी लगाएको फोटो देखाउँदै हिँड्ने नक्कली इन्सपेक्टर प्रहरीको फन्दामा

काठमाडौं। प्रहरी इन्स्पेक्टर हुँ भन्दै सर्वसाधरणलाई झुक्याउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका- ३ का २३ वर्षीय सुजन गिरी हुन् ।

गिरीले मंगलबार साढे ६ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ स्थित दिव्यश्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडि सडकमा बर्दी लगाएको फोटो मोबाइलमा देखाउँदै आफू इन्सपेक्टर भन्दै अशान्ति फैलाई सर्वसाधारणसमेतलाई झुक्याएको प्रहरीले बताएको छ ।

प्रहरी बनेर अशान्ति फैलाएको सूचनाको उनलाई प्रहरी वृत्त थिमिको टोलीले पक्राउ गरेको भक्तपुर प्रहरीका सूचना अधिकारी ढुण्डीराज नेउपानेले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *