काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाको राजसंस्थाबारे धारणा भन्दै गलत प्रचार भएको प्रष्टीकरण दिएका छन्। उनले देउवा २०६२र६३ को जनआन्दोलनका उपलब्धि ल्याउने अथक योद्धा भएको उनको भनाइ छ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा २०६२र६३ को जनआन्दोलनका उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको संविधानको संरक्षण र संवर्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका हिमायती मात्र होइन अथक योद्धा हुनुहुन्छ !’
कसैले क्षणिक स्वार्थपूर्ति गर्न राजसंस्थाबारे देउवाको धारणा भनी गलत सूचना सम्प्रेषण गर्नु अनैतिक कार्य भएको टिप्पणी गरे।
‘उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरा मनगडन्ते ढंगले प्रचारमा ल्याउनु पत्रकारिताको क्षेत्र र धर्म होइन’ उनले भनेका छन्, ‘अतः यस्ता भ्रमात्मक कुरामा विश्वास नगर्न र अव्यक्त कुरा मिडियामा सम्प्रेषण नगर्न सवैमा अनुरोध गर्दछु ।’

Leave a Reply