जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशन अन्तर्गत आज मतदान शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति भवनमा कडा सुरक्षाबीच मतदान सम्पन्न भएको हो । ६२८ मतदातामध्ये ६१५ मत खसेको छ । मतगणना साँझ ७ बजेबाट हुने निर्वाचन समितिले जनाएको छ ।
एमाले धनुषा नेतृत्वका लागि एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरियाले जिल्ला पदाधिकारदेखि सदस्यसम्मको प्यानल खडा गरेका छन् । महासेठले भोला यादव र अरगरियाले लक्ष्मीनारायण यादवलाई अध्यक्षका लागि प्रतिस्पर्धामा उतारेका हुन् ।
उम्मेदवारको विषयमा महासेठ र अरगरिया समूहबीच विवादपछि कुटाकुट भएकाले वैशाख २३ मा मतदान प्रक्रिया स्थगित भएको थियो । सोही कारण आज सैयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेर मतदान गराइएको छ ।

Leave a Reply