काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा १६ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि बैशाखम्मको अवधिमा १६ खर्ब ९२ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यो व्यापार गत आवको सोही अवधिको १८.३७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो ।
भन्सार विभागका अनुसार चालू आवको दश महिनामा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १३.११ प्रतिशत बढी हो । सो अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, यस अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७२.१७ प्रतिशत बढी हो । त्यसबेला १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
यस अवधिमा नेपालले १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.७२ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको १० महिनामा साढे ९ हजार भन्दा बढी विद्युतीय सवारी आयात गरिएको छ । चालु आवको साउनदेखि वैशाखसम्म ९ हजार ८५९ वटा विद्युतीय कार, जीप तथा भ्यान आयात गरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply