कांग्रेसमा असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण नगरे ‘अटो लक’, साउनबाट नयाँ बाँड्ने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्नको लागि असार मसान्तलाई डेडलाइन तोकेको छ । आज महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले असार मसान्तभित्र नवीकरण नगरे जोसुकै भएपनि सदस्यता नवीकरण गर्ने निर्णय लिएको हो ।

समिति सदस्य प्रकाश स्नेहीका अनुसार सदस्यता नवीकरण अनलाइनबाट हुने र असार मसान्तबाट अटो लक हुने सिस्टम राखिनेछ । उनले अहिले ७७ वटै जिल्लामा सदस्यता नवीकरणको काम चलिरहेको बताए ।

उनले भने, ‘७७ जिल्ला र केन्द्रबाट पनि काम भइरहेको छ। कुन जिल्लामा अहिलेसम्म कति प्रतिशत भयो केन्द्रमा आएर टुंगो नलागिकन हुँदैन । हामीले प्राविधिक समस्यालाई मध्यनगर गरेर असार मसान्तलाई अन्तिम मिति तय गरेको छौं । असार मसान्तभित्र नभए अटो लक हुन्छ । जोसुकै केन्द्रीय नेताको छुटेपनि हुँदैन ।’

उनले नवीकरणको आधारलाई हेरेर पार्टीमा महिला, दलित, जनजाति, मधेशीलाई पार्टीमा सहभागी गराउनको लागि काम गर्ने बताए । उनले क्रियाशील सदस्यता नवीकरणको काम सकिएपछि साउनदेखि नयाँ सदस्यता बाँड्ने निर्णय भएको पनि बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *