काठमाडौं । भैरहवा विमानस्थलको अध्ययन गर्न उपसमिति संयोजक बनाएर नेपाली कांग्रेसकी सांसद मञ्जु खाणलाई फसाइएको भन्दै रास्वपाका सांसद असिम साहले गरेको टिप्पणीमा खाणले आपत्ति जनाएकी छन् ।
पोखरा विमानस्थलबारे उपसमितिको प्रतिवेदनमा लेखा समितिमा छलफलको क्रममा साहले भने, ‘माननीय मनिष झाले योगेश भट्टराईलाई ‘दाइ तपाईँ संयोजक नबसिदिनुहोस् न’ भनेर आग्रह गर्नुभएको हो । त्यो आग्रह मानिदिदाँ उहाँप्रतिको सम्मान बढ्यो । तर, त्यसै उपसमितिमा फेरि सार्वजनिक प्रश्न उठिरहेका माननीय मञ्जु खाणलाई ल्याइदिनुभयो । नबल्झेको घाउ बल्झियो । तपाईँलाई त फसाइदिए जस्तो लाग्छ कहिले काहीँ । उपसमितिमा ल्याएर जसरी अहिले मिडियामा तपाईँको नाम मुछिएको छ, तपाईँलाई बेकारमा ल्याइदिएको जस्तो भयो के मलाई त !’
सांसद साह बोल्नासाथ झोक्किइँदै मञ्जु मञ्जुले भनिन्, ‘तपाईँ र म दुवै माननीय । के उद्देश्य र के कारणले यस्तो भन्नुभयो ?’
साहले, आइरहेका नाममा विवाद भइरहँदा ध्यान दिएको भए हुन्थ्यो भन्दै जवाफ फर्काए ।
खाणले पुन: प्रश्न गरिन्, ‘मिडियाले भनेकै भरमा तपाईँको टिप्पणीमा घोर आपत्ति छ । आफ्नो भनाइ फिर्ता लिनुपर्छ । मलाई पूर्ण समितिले संयोजक तोकेको छ । तपाईँले वाहेसनेस भएर भन्नुहुन्छ भने यो एकदमै गलत कुरा हो । यो भनाइ फिर्ता लिनुस् ।’
साहले भने- तपाईँले राम्रो काम गर्नुहोला ।
खाणले फेरि जवाफ दिइन्- तपाईँले मेरो काम पछि टिप्पणी गरेको भए ठिक हुन्थ्यो माननीय ज्यू ! होइन भने तपाईँ पार्टीगत रूपमा वायस हुनुभएको हो कि ? कुन हिसाबले हुनुभएको हो ? म कुन निकायको कारबाहीमा छु ? भन्नुपर्यो । यो अत्ति भयो । के मेरो हैसियत छैन ? मलाई एउटा मिडियाले अपराधी बनाएर अपराधी हुने हो भने आज यो समितिमा जति कुरा उठेको छ, के हामी नै हो त अदालत ? के हामी नै सबै निकाय हो ? तपाईँले आज कारबाहीको भागिदारको नाम सूची दिनुहोस् न ? यो त अत्ति भयो नि !
खाण यतिमै रोकिइनन् उनले रास्वपा सांसदलाई सभापति रविबारे पनि प्रश्न उठाइन् ।
यसबारेमा उनको भनाइ यस्तो थियो-
तपाईँको सभापति अहिले कहाँ हुनुहुन्छ ? के केसमा जानुभएको छ ? सिंगो पार्टीलाई भन्ने ? तपाईँलाई प्रश्न गर्दा मैले सिंगो पार्टीलाई लान्छना लाउने ? यो शब्द तपाईँले फिर्ता गर्नुपर्छ । मेरो आग्रह छ । मेरो कसैसँग पूर्वाग्रह छैन् । सबै पार्टीका माननीयज्यू भएर माइन्यूट भएर सर्वसम्मतबाट म एउटा महिलाले उपसमिति संयोजक पाउँदा तपाईहरूलाई घोर आपत्ति हुने ? यसमा खेद प्रस्ताव पारित गर्नुपर्छ । यो शब्द हटाउनुपर्छ सभापति ज्यू ।
साहले सांसद खाण विषय वस्तुभन्दा बाहिर गएको बताए ।

Leave a Reply