संघीय लोकतान्त्रिक मोर्चा भूमि विधेयकको विपक्षमा, फिर्ता लिन सरकारसँग माग

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चा सरकारले ल्याएको भूमि विधेयकको विपक्षमा उभिएको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अध्यक्षतामा बसेको बैठकले सरकारले संसदमा पेश गरेको भूमि विधेयक असंवैधानिक रहेको निष्कर्ष निकालेको प्रवक्ता डा. शरद यादवले बताए ।

सरकारले ल्याएको विधेयकले भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न नसक्ने निष्कर्ष निकालेको उनले बताए । यो विधेयकले भूमाफिया, वन तस्कर आदिलाई लाभ पुग्नेगरी ल्याएको भन्दै तराई मधेशलाई मरुभूमिकरण हुने निश्चित रहेको मोर्चाको निष्कर्ष छ ।

यो विधेयक देश र जनताको हित विपरीत रहेको भन्दै फिर्ता लिन माग गरेको छ ।

यसअघि सरकारले अध्यादेश ल्याउँदा पनि राष्ट्रियसभामा निर्णायक रहेका उपेन्द्र यादवसहित मधेशकेन्द्रित दलहरु विपक्षमा उभिएपछि सरकारले विधेयक अघि सारेको थियो। तर अध्यादेशकै सारमा विधेयक सरकारले अघि बढाएको भन्दै मोर्चाले विरोध जनाएको प्रवक्ता यादवले जनाए ।

आजको बैठकमा जनमतका अध्यक्ष राउतसहित जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत सहभागी थिए ।

Comments

One response to “संघीय लोकतान्त्रिक मोर्चा भूमि विधेयकको विपक्षमा, फिर्ता लिन सरकारसँग माग”

  1. ksp pyl Avatar
    ksp pyl

    तराईका जमिनजति यिनै मसिहाहरूले हडपेका छन्, गरिवको उठिबास लगाएर । कहाँ सहमत हुन्छन् त यी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *