काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारबारे गलत उद्देश्यका साथ प्रचार भइरहेको आरोप लगाएका छन् ।
एमाले स्थानीय विकास विभागको कार्यक्रमलाई सम्बोधन गर्दै अहिले मिडिया र सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार भइरहेको दाबी गरे ।
उनले दुई ठूला पार्टी मिलेपछि देश विकासमा के-के गर्न सक्छन् भन्ने १० महिनामा देखाइरहेको उनले दाबी गरे ।
उनले भने, ‘एमाले सरकारबाट बाहिरिँदा राज्यको ढुकुटीमा ४ खर्ब नोक्सानी भयो । त्यसैले नालायकहरूले सरकारको नेतृत्व गर्दा के हुन्छ भन्ने कुरा देखिसकेका छन् । अहिले एमालेको नेतृत्वको सरकार छ । देश अगाडि बढेको छ । निर्माण व्यवसायीहरूले भुक्तानी पाएका छन्, बैंकमा तरलता विस्तार भएको छ, ब्याजदर घटेको छ । लगानीको वातावरण तयार भएको छ । त्यसैले एमाले सरकारमा आएपछि के हुँदो रहेछ भन्ने कुरा हामीले १० महिनाको समयमा देखाइसकेका छौँ ।’
उनले दुई ठूला पार्टीहरू मिलेर कानून र संरचनागत सुधारमा फड्को मारेको दाबी गरे । उनले पार्टीका नेता कार्यकर्तालाई सूचना प्रविधिको सही ढङ्गले प्रयोग गर्न आग्रह गरे ।

Leave a Reply