सुन्दरहरैँचाले ‘ढुकुर जोडी’ लाई सम्मान गर्ने, कम्तीमा १० वर्ष मिलेर बसेको हुनुपर्ने

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले पालिकाभित्र ‘मिलेर बसेका’ उत्कृष्ट दम्पतीलाई सम्मान गर्ने भएको छ । ‘ढुकुर जोडी’ का रूपमा उनीहरूलाई सम्मान गरिने भन्दै नगरपालिकाले सूचना जारी गरेको हो ।

पछिल्लो समयमा सुन्दरहरैँचा नगरपालिकाको न्यायिक समितिमा पती-पत्नी बीचको झै-झगडा, इज्जतअनुसार खान-लाउन पाउनुपर्ने, लैंगिक हिंसा, गाली बेइज्जतीसम्बन्धी मुद्दा दिन-प्रतिदिन बढ्दै आएको हुनाले नयाँ अवधारणा ल्याइएको उपमेयर अकली चौधरीले बताइन् । समाजमा लामो समयदेखि विभिन्न आरोह-अवरोह पार गर्दै सुखद दाम्पत्य जीवनयापन गर्दै आएका जोडीलाई प्रोत्साहन गर्न कार्यक्रम राखिएको उनको भनाइ छ ।

उप मेयर चौधरीले बितेको ३ वर्षमा श्रीमान-श्रीमतीसँग सम्बन्धित १२६ वटा मुद्दा न्यायिक समितिमा परेको बताइन् । ७९/८० मा १९० मुद्दा आएकोमा ४१ वटा श्रीमान- श्रीमतीको झगडासँग सम्बन्धित थियो । यस्तै ८०/८१ मा २१२ मध्ये ६२ र यो वर्ष ८२ वटा दर्ता भएकोमा २३ वटा पति-पत्नी झगडासँग सम्बन्धित रहेको चौधरीले नेपाल प्रेसलाई बताइन् ।

ढुकुर जोडीका लागि नगरपालिकाले तोकेका मापदण्ड यस्ता छन्ः

१. कम्तीमा विवाह भएको १० वर्ष पुरा गरेको हुनु पर्ने ।

२. श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनु पर्ने ।

३. विवाह दर्ता गरेको हुनुपर्ने ।

४. स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिका बसोबास गरेको हुनुपर्ने ।

५. छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने ।

६. नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने ।

७. विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।

८. निरन्तर रूपमा संयुक्त परिवारमा (बुवा वा आमा/सासू वा ससुरा सँग) बसेको हुनुपर्ने । अलग भिन्न नभएको ।

९. बुवाआमा वा सासूससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।

१०. हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरूमा वा समाजमा श्रीमान्-श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।

११. निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दाबढी नबसेको ।

१२. माथि उल्लेखित शर्तहरू पूरा हुने कागजात फारमसहित पेश गर्नुपर्ने ।

(तस्बिर : एआई)

Comments

3 responses to “सुन्दरहरैँचाले ‘ढुकुर जोडी’ लाई सम्मान गर्ने, कम्तीमा १० वर्ष मिलेर बसेको हुनुपर्ने”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    यसबाट के सन्देश दिन खोजेको ?

    1. Hari Chaudhary Avatar

      योग्यता पुगेको ढुकुरे जोडी कबिताहरी सहि छ।
      भने पत्याए पत्याउनुस् नपत्याए दौतरी सहि छ।
      सुन्दरहरैंचा ले खोजेकै हुन् त ढुकुरे जोडी भाई
      त्यसोभए प्रतिलिपि नैं मसँग बारखरी सहि छ।।

  2. Hari Chaudhary Avatar

    योग्यता पुगेको ढुकुरे जोडी कबिताहरी सहि छ।
    भने पत्याए पत्याउनुस् नपत्याए दौतरी सहि छ।
    सुन्दरहरैंचा ले खोजेकै हुन् त ढुकुरे जोडी भाई
    त्यसोभए प्रतिलिपि नैं मसँग बारखरी सहि छ।।
    🤣😂😂😂

Leave a Reply

Your email address will not be published. Required fields are marked *