भोटाहिटीस्थित नवर्निमित फल्चा र मन्दिर उद्घाटन

काठमाडौं । काठमाडौंको भोटाहिटीमा निर्माण भएको सिद्धि विनायक गणेश ‘ख्वायाँ गणेश’ मन्दिरको उद्घाटन मुख्य अतिथि वडा अध्यक्ष योगेश कुमार खड्गीले उद्घाटन गरेका छन् । भोटाहिटी समाज सेवा र काठमाडौं महानगरपालिका वडा नं. २७ बिच मितेरी सम्बन्ध रहेको छ ।

सोही सम्बन्धको कारण भोटाहिटी समाज सेवाको आयोजनामा काठमाडौं महानगरपालिका वडा नं. २७ को समन्वयमा वि.सं. १९९० को भूकम्पले ध्वस्त पारेको ऐतिहासिक फल्चा पुनर्निर्माण पश्चात विशेष पूजा तथा उद्घाटन समारोह भव्य रूपमा उद्घाटन गरिएको थियो ।

यो मन्दिर र फल्चा पुरातत्व हिसाबले काठमाडौंको प्रमुख स्थल मानिन्छ । स्थानीय अजर श्रेष्ठले जानकारी गराए । मन्दिर काठमाडौँकै शैलीमा निकै कलात्मक र पौराणिक बनेकोमा आफूलाई निकै आनन्द लागेको वडा अध्यक्ष खड्गीले बताए। उनले भोटाहिटी समाज सेवा र काठमाडौं महानगरपालिका वडा नं. २७ बिच मितेरी सम्बन्ध गाँसिएको बताए । आगामी दिनमा पनि आर्थिक तथा सामाजिक क्षेत्रमा वडाले सहयोगलाई निरन्तरता दिने खड्गीले बताए ।

भोटाहिटी समाज सेवाका अध्यक्ष तीर्थ नारायण मुनिकारले भोटाहिटी धार्मिक द्दष्टिकोणले स्थापित भएकाले आफूहरूले पहिलो सहयोग धार्मिक क्षेत्रमै प्रयोग गरेको बताए साथै समस्त अतिथिहरू, नागरिकहरू र सहयोगदाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भोटाहिटी सांस्कृतिक र संरचनाले पर्यटकीय आर्कषण बढाउने र अध्ययन समेत हुने अपेक्षा रहेको बताए ।

श्री सिद्धि विनायक गणेश मन्दिर उद्घाटनमा वडा अध्यक्ष योगेश कुमार खड्गी लगायत वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राई, सम्पदा विभागका वरिष्ठ इन्जिनियर रवीन्द्र रिजाल, नगर प्रहरी उपरीक्षक मनोज लामिछाने, नगर प्रहरी निरीक्षक लगायत अन्य सम्माननीय सहभागी भोटाहिटी समाज सेवाका पदाधिकारी, समाजसेवी, स्थानीय अगुवा, सहयोगदाताहरू उपस्थित भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *