एयरपोर्टतर्फ जाँदे गरेको गाडी ब्रेकफेल भएर गौशालामा दुर्घटना (भिडिओ)

काठमाडौं । काठमाडौंको गौशालामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बिहान किरब ११ बजे गौशालाबाट एयरपोर्टतर्फ जाँदै गर्दा ब्रेक फेल भई विपरीत दिशातर्फ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको बताइएको छ।

दुर्घटनापछि सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरूको नामावली

1. रमा कार्की (२८), सुनसरी – दाहिने हातमा चोट, अवस्था सामान्य ।

2. विष्णुमाया कार्की (६१), काठमाडौँ – दाहिने हातमा चोट, अवस्था सामान्य ।

3. कृष्ण कार्की (५६), काठमाडौँ – ढाडमा चोट, बोल्न सक्ने अवस्थामा ।

4. समृद्धि दाहाल (२३), भक्तपुर – टाउकामा चोट, अवस्था सामान्य ।

5. दीपक शाह (२३), जनकपुर – बायाँ खुट्टामा चोट, अवस्था सामान्य ।

6. अप्सरा अधिकारी (२१), ओखलढुङ्गा – दाहिने हातमा चोट, अवस्था सामान्य।

7. प्रदिप भुजेल (३६), खोटाङ – टाउकामा चोट, अवस्था सामान्य ।

8. आकृति तामाङ (२०), लमजुङ – टाउकामा चोट, अवस्था सामान्य ।

9. सुरेन्द्र भुजेल (३६), दोलखा – टाउकामा चोट, अवस्था सामान्य।

10. लक्ष्मण लुवानी (३९), महोत्तरी – टाउकामा चोट, अवस्था सामान्य ।

11. राम चौधरी, कैलाली – दाहिने हातमा चोट, अवस्था सामान्य ।

12. बसन्ती परी (२७), ललितपुर – टाउकामा चोट, अवस्था सामान्य ।

13. प्रेम मोक्तान (४१), मकवानपुर – टाउकामा चोट, अवस्था सामान्य ।

14. सुजन थापा मगर (२१), धादिङ – सहचालक, दाहिने हातमा चोट, अवस्था सामान्य।

15. मन्जु दाहाल (५५), कपिलवस्तु – छातीमा चोट, अवस्था सामान्य ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *