काठमाडौं । जेठ ६ गते नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर बेपत्ता युवकको खोजी गर्न सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन भएको छ ।
चितवनको भरतपुर महानगरपालिका- १ पोखरा बसपार्कस्थित नारायणी नदीमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका- १४ बस्ने २७ वर्षीय सचिन कार्की बेपत्ता भएका थिए ।
सोलगत्तै उनको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा ५ जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ ।

Leave a Reply