कांग्रेसले ‘मिसन रोजगारी’ अभियानमा काम गर्दैछ, हामी सक्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले मिसन रोजगारी अभियानमा काम गरिरहेको बताएका छन् ।

कांग्रेसले पुस्तकालय तथा पार्टी अध्ययन-स्रोत केन्द्र विभागको संयोजनमा राजनीतिक विमर्शको केन्द्रमा रोजगारी, सरकारको प्राथमिकताको केन्द्रमा रोजगारी भन्ने मूल अवधारणासहित ‘मिसन रोजगारी’ अभियानमा काम गरिरहेको बताए ।

उनले भनेका छन्, ‘हामी प्रस्ट छौ, दिगो रोजगारी सिर्जना गर्ने विषय व्यावसायिक लगानी, सिप तथा जनशक्ति व्यवस्थापन जस्ता विभिन्न आयाममा गर्ने कामहरूको नतिजा हो । हामी यस अभियान केन्द्रित भएर रोजगारदाता, सिप प्रदायक, विज्ञ तथा नीतिगत रूपमा काम गर्ने सम्पूर्ण सरोकारवालासँग निरन्तर छलफल गरिरहेका छौं, अध्ययन गरिरहेका छौं ।’

स्थानीय सरकारः रोजगारी केन्द्रित नीति, योजना र कार्यक्रम’ विषयमा केन्द्रित रहेर विज्ञ, स्थानीय सरकारका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूसँग छलफल गरेको बताए ।

उनले थपेका छन्, ‘छलफलमा प्राप्त सुझावहरू र हाम्रो अध्ययनको आधारमा, हामीले स्थानीय सरकारहरूलाई रोजगारीका सन्दर्भमा गर्नु पर्ने नीति, योजना तथा कार्यक्रममा सन्दर्भमा सुझाव दिनेछाैँ, आवश्यक सहयोग गर्नेछौँ । यसको समन्वय स्थानीय तह समन्वय विभागले गरिरहेको छ । रोजगारीसँग जोडिएका आधारभूत विषयहरूमा स्थानीय तहले काम गर्न सक्ने ठाउँहरू छन्, त्यसमा केन्द्रित भएर काम हुनेछन् । स्थानीय सरकारका प्रतिनिधिहरूले ‘हामी सक्छौ’ भन्नुभएको छ ।’

उनले सबैको साथ, सहयोग, सहभागिता र उत्साहले ‘हामी सक्छौ’ भन्ने विश्वास पैदा भएको उनको भनाइ छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *