काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिवि उपकुलपति पदमा नियुक्तिका लागि उम्मेदवार छनौट गर्न सर्च कमिटी गठन गरेका छन् ।
प्रधानमन्त्री कार्यालयले जेठ ६ गते शिक्षा मन्त्री तथा सहकुलपति रघुजी पन्तको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दिपक काफ्ले सदस्य रहेका छन् ।
त्रिवि उपकुलपति डा.केशरजंग बरालले राजीनामा दिएपछि रिक्त रहेको पदमा सिफारिस गर्न समिति गठन भएको हो । हाल रेक्टर प्रा.डा खड्ग केसीले उपकुलपतिको कार्यभार सम्हालेका छन् । मेरिटका आधारमा उपकुलपति सिफारिस गर्नुपर्ने दबाबमा समिति छ ।

Leave a Reply