देश बनाउने इच्छाशक्ति प्रधानमन्त्रीमा हुनुपर्छ, सरकारले दण्डहीनतालाई प्रोत्साहन गर्दैछ : शेखर कोइराला (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

कांग्रेसको आर्थिक नीति तथा योजना विभागको कार्यक्रममा बोल्दै भ्रष्टाचारमा लिप्त भएकै कारणले देश बन्न नसकेको टिप्पणी गरे ।

उनले भने, ‘हामी देश बनाउन नसक्ने होइन, हामी अलमलिएका छौँ । गुड गभर्मेन्ट छैन । करप्सनमा लिप्त छ । सरकारले दण्डहीनतालाई प्रोत्साहन दिइरहेका छ । त्यसलाई अन्त्य गर्नुपर्छ । त्यो कुरालाई हामीले रोक्न सक्यौं भने नेपाललाई बनाउन सकिन्छ ।’

देश बनाउने इच्छाशक्ति प्रधानमन्त्री र सरकारको हुनुपर्ने बताए ।

उनले भने, ‘केही दिन पहिले अर्थमन्त्रीसँग भेट भएको थियो, उहाँले मन्त्रीज्यूहरूलाई भनिदिनुपर्यो भनेर मलाई भन्नुहुन्छ, ४०÷५० लाखको बजेट नपठाउनुस् भनेर, कस्तो अवस्था छ हाम्रो ? अहिले पनि २५ लाखको बजेट आइरहेको छ । उहाँहरू तीन करोड भन्दा तलको बजेट नस्विकार्ने भनेर तर २५ लाखको बजेट मन्त्रालयहरूबाट गइरहेको छ ।’

उनले देशको अर्थतन्त्रमा भइरहेको चहलपहल रेमिट्यान्सबाट मात्रै भएको बताए । देशको अर्थतन्त्र खाडीमा गएका नेपालीहरूले धानिरहेको उनको भनाइ छ ।

 

 

Comments

One response to “देश बनाउने इच्छाशक्ति प्रधानमन्त्रीमा हुनुपर्छ, सरकारले दण्डहीनतालाई प्रोत्साहन गर्दैछ : शेखर कोइराला (भिडिओ)”

  1. ksp Avatar
    ksp

    के आधारमा सरकारले दण्डहिनतालाई प्रोत्साहन गर्यो ? कुनै घटना, प्रसङ्ग छ ? त्यसै भनिदिने ? कतैबाट परिचालित, दलालहरूको आजभोलि विहानदेखि बेलुकासम्मको काम नै ओलि सरकारलाई विना आधार, विना प्रमाण, हल्लाको भरमा बिरोध गर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *