पूर्वअर्थमन्त्री पाण्डेको प्रस्ताव- भ्रष्टाचार नियन्त्रण गर्न ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाऔँ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले भ्रष्टाचार नियन्त्रण राजनीति भन्दा अरू कसैले गर्न नसक्ने बताएका छन्।

कांग्रेसको आर्थिक नीति तथा योजना विभागको कार्यक्रममा बोल्दै भ्रष्टाचार नियन्त्रण गर्ने पोसिली नै सरकारले बनाउने बताए।

पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले भने, ‘मैले धेरै ठाउँमा भनेको छु भ्रष्टाचार नियन्त्रण गाह्रो काम छैन। पाँच सय र हजारको नोट बन्द गरिदिऔँ। नछापौँ। नागरिकलाई अहिले नै आतंकित नपारौँ। ०८५ पछि पाँच सय र हजारको नोट चल्दैन भनेर भनिदिऔँ। त्यसपछि सरकारले सय रुपैयाँ मात्रै नोट छाप्छ, कसैले एक करोड घुस खानुपर्‍यो भनेपनि एक ट्रक लिनुपर्‍यो, त्यसका लागि कोठा बुक गरेर भाडामा राखेर ताला लगाएर पैसा राख्नुपर्‍यो। यो सम्भव हुँदैन।’

उनले जग्गा बाँझो राख्न नपाइने र राख्नुपर्‍यो भनेपनि एउटा नोटिस जारी गर्नुपर्ने सिस्टममा जानुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *