शंकर पोखरेलको टिप्पणी- राजावादीले गर्ने आन्दोलन जनताविरूद्धको हो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका विरूद्व भएको टिप्पणी गरेका छन् । ४१ औं नेत्रलाल पौडेल अभागी स्मृति दिवसलाई सम्बोधन गर्न गृह जिल्ला दाङ आएका पोखरेलले राजावादीले गर्ने आन्दोलन कुनै दलका विरूद्व नभइ जनताका विरूद्व भएको बताए ।

‘गणतन्त्रले के दियो भन्दै भ्रम फैलाएर जेठ १५ देखि राजावादीले आन्दोलन गर्ने घोषणा गरेका छन्’, महासचिव पोखरेलले भने, ‘त्यो आन्दोलन कुनै राजनीतिक दलका र व्यवस्थाका विरूद्व होइन,नेपाली जनताका विरूद्व हो । हामीले यो कुरा जनतालाई बुझाउन सक्ने कि नसक्ने ?’

राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको दाबी गर्दै पोखरेलले गलत कुराका पक्षमा नलाग्न आग्रह गरे ।

राजावादीले जनतालाई निरंकुशताको जाँतोमुनी पिसेर समाजमा लामो समय शोषणको राज चलाएको भन्दै महासचिव पोखरेलले उनीहरूले गणतन्त्र र जनताको सार्वभौम सत्ता विरूद्व प्रहार गरिरहेको बताए ।

स्मृति सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवाहरू विदेश गएर देश नबन्ने समेत टिप्पणी गरे । विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने भन्दै देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्ने बताए । विदेश जानु केहिको बाध्यता भएपनि धेरै रहरले विदेश जाने गरेको पनि बताए ।

‘रहरले विदेश जानेपनि छन्’, उनले भने, ‘देश छोडेर देश निर्माणका कुरा गर्नेको संख्या दिनदिनै बढ्दो छ ।’ युवा विदेश पलाएनको क्रम रोक्न एमालेले नेतृत्व गर्ने समेत महासचिव पोखरेलले बताए ।

Comments

One response to “शंकर पोखरेलको टिप्पणी- राजावादीले गर्ने आन्दोलन जनताविरूद्धको हो”

  1. manaia thompson Avatar
    manaia thompson

    @Shankar Pokharel you are curse for Pokharels around the world. You are eating feces of Killer Khadge your breath stings, you face is painted with crime, a rope snooze is around your neck, look at the mirror, it says you hang yourself.

Leave a Reply

Your email address will not be published. Required fields are marked *