सरकार गलत ट्रयाकमा छैन, गति भने बढाउन सकेन : योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ८४ को निर्वाचन अघिसम्म वर्तमान गठबन्धन कायमै रहने बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको सरकार बनाउनुको उदेश्य अझै पूरा नभएकाले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहने बताएका हुन् । कांग्रेस-एमाले ठूलो पार्टी भएकाले गठबन्धनमा अहिलेकाही अनुकूलता र प्रतिकूलता हुने गरेको भन्दै दुई दलले समान हिस्सेदारी खोज्नु स्वभाविक भएको उनले बताए ।

भट्टराईले वर्तमान सरकार गलत ट्रयाकमा नरहेपनि गति बढाउन भने नसकेको जिकिर गरे । सरकारको आलोचना हुनु स्वभाविक भएको भन्दै उहाले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबीचको सम्बन्ध नबिग्रियोस् भन्नेमा सचेत हुनुपर्ने बताए ।

उनले विभिन्न निकायका प्रमुख नियुक्त गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे । त्यस्तै, भट्टराईले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै एजेण्डामा राष्ट्रिय सहमति कायम हुनुपर्ने जिकिर गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *