आफ्ना साहूमहाजन जोगाउन मिटरब्याजपीडितमाथि राजनीति नगरौं : सुमना (भिडिओ)

काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले मिटरव्याजपीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले विभिन्न आयोग बने पनि प्रतिवेदन कार्यान्वयन नभएको बताएकी छन् । सर्वोच्चका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र पूर्वन्यायाधीश तेजबहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत भए ८० प्रतिशत मिटर ब्याज पीडितको समस्या समाधान हुने श्रेष्ठको भनाइ छ ।

‘तर, यसका लागि आफ्नो-अर्को नभनी सबैमाथि अनुसन्धान हुनुपर्छ । आयोगमाथि आयोग बनाउने र पीडितको समस्या गिजोलिरहने सही भएन’, उनले भनिन् ।

राज्यले नै मिटरव्याजपीडितलाई आन्दोलन गर्न बाध्य पारिरहेको आरोप लगाउँदै उनले यसअघिको आयोगलाई असफल बनाएर अहिले कामचलाउन प्रतिवेदन तयार गर्न अर्को आयोग बनाइएको जिकिर गरे ।

‘आफ्नो पार्टीको साहूमहाजन जोगाउन पीडितमाथि राजनीति नगरौं’, सुमनाको सुझाव छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *