प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेट

काठमाडौं । प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा पछिल्लो समसामयिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण प्रतिनिधिसभाको बैठकमा हुने प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।

सत्तारुढ दलहरूबीच रस्साकस्सीका कारण गभर्नर नियुक्ति हुन सकेको छैन । हिजोको क्याविनेट बैठक पनि स्थगित गरियो । हिजै देउवा र ओलीबीच भेट तय गरिएकोमा हुन नसकेपछि आज भेटघाट भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *