सडकको बीच बीचमा बिजुलीका पोल हुँदा दुर्घटनाको जोखिम बढ्यो: सांसद खनाल (भिडिओ)

काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले सुरक्षित, सहज र वैज्ञानिक सडक व्यवस्थापनमा यातायात विभाग र ट्राफिक प्रहरी लगायत सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै ठमेलबाट गल्कोपाखा हुँदै गोङ्गबु चोकसम्म पुग्ने सडकको बीच बीच अझै पनि बिजुलीका पोल हुँदा दुर्घटनाको जोखिम रहेको बताए।

उनले भने, ‘काठमाडौँ महानगरपालिका वडा नम्बर २६ अन्तर्गत ठमेल बाट गल्कोपाखा हुँदै गोङ्गबु चोकसम्म पुग्ने सडक मार्गमा केहि विस्तार गरी कालोपत्रे गरिएको वर्षौं भयो तर सडकको बीच बीचमा अझै पनि बिजुलीका पोलहरू यथावत् छन्। ती पोलहरू नहटाइँदा सडक सङ्कुचित भई यातायात आवागमन मा बाधा उत्पन्न भइराखेको छ। साथै दुर्घटनाको जोखिम पनि रहन्छ।’

पछिल्लो समय लैनचौर क्षेत्रमा ट्राफिक जामको समस्या अत्यधिक बढेको उल्लेख गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *