काठमाडौं । शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनमा आपत्ति जनाउँदै शिक्षक महासंघले आन्दोलनको मर्म र विगतका सहमति सम्बोधन हुने गरी विषय समेट्न ध्यानाकर्षण गराएको छ ।
महासंघले आज एक विज्ञप्ति निकाल्दै अब संसदीय समितिको छलफलबाट शिक्षक-कर्मचारीविरोधी प्रबन्ध नहटाइए जुनसुकै बेला आन्दोलन हुनसक्ने भन्दै तयार रहन विद्यालयका शिक्षक कर्मचारीहरूलाई अपिल पनि गरिएको छ ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको संयुक्त विज्ञप्तिमा नाममात्रका झिना मसिना विषयहरू सम्बोधन गरे झैँ गरी प्रतिवेदनमा शिक्षक-कर्मचारीमाथि अन्यायको तानाबाना बुनिएको टिप्पणी गरिएको छ ।





Leave a Reply