स्वास्थ्यका कारण प्रधानमन्त्री संसदमा नजाने, सांसदसँगको प्रश्नोत्तर स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर आज नहुने भएको छ ।

स्वास्थ्यको कारण आजको बैठकमा उपस्थित हुन नसक्ने भएकाले प्रश्नोत्तरको कार्यसूची संशोधन हुने सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

संसद सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो । तर प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी दिएको बर्तौलाले बताए ।

प्रत्येक महिना सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम अन्तरगत आजको बैठकमा कार्यसूची राखिएको थियो ।

आज विहान ११ बजेका लागि संसद बैठक आह्वान भएको छ ।

Comments

One response to “स्वास्थ्यका कारण प्रधानमन्त्री संसदमा नजाने, सांसदसँगको प्रश्नोत्तर स्थगित”

  1. manaia thompson Avatar
    manaia thompson

    Let him suffer more and more. Please don’t let this murderer and another killer of 17000 + 4 (2 from Tinkune kanda) suffer while they are on earth.

Leave a Reply

Your email address will not be published. Required fields are marked *