प्रवासी नेपाली मंच युरोपको दोस्रो बैठक बेल्जियममा, एमाले महासचिव पाेखरेलले प्रशिक्षण दिने

बेल्जियम, आन्त्वर्पेन । प्रवासी नेपाली मंच युरोप महादेश समितिको दोस्रो भौतिक विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी ८ र ९ जुन २०२५ मा आयोजना हुने भएकाे छ । कार्यक्रम बेल्जियमको ऐतिहासिक शहर आन्त्वर्पेनमा सम्पन्न हुने मञ्चले जनाएकाे छ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रशिक्षण दिनेछन् । त्यस्तै, विशेष अतिथिका रूपमा केन्द्रीय सदस्य तथा युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय समिति अध्यक्ष संजय थापाको उपस्थिति रहनेछ।

दुईदिने यस कार्यक्रममा अन्तर्राष्ट्रिय समिति पदाधिकारीहरू, विभिन्न राष्ट्रिय समितिका अध्यक्ष तथा पदाधिकारीहरू, विभागीय प्रमुख एवं सदस्यहरू, साथै युरोप तथा अमेरिका लगायतका देशहरूमा रहेका नेकपा एमाले समर्थकहरू गरी करिब ३०० जनाको सहभागिता रहने मञ्चले उल्लेख गरेकाे छ।

प्रवासी नेपाली मंच युरोप महादेश समितिका संयोजक मुक्त गुरुङ र सचिव शालिक थपलियाको संयुक्त नेतृत्वमा कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढाइएको छ।

सचिव थपलियाले जानकारी दिँदै भने, ‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। सहभागिताको उत्साहजनक उपस्थिति, सशक्त व्यवस्थापन, र स्पष्ट उद्देश्यले यो कार्यक्रम ऐतिहासिक र अत्यन्त भव्य हुनेमा हामी पूर्ण विश्वासका साथ अगाडि बढिरहेका छौं।’

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *