नार्कको पुनर्संरचनाका लागि प्रा.डा. पोखरेलको संयोजकत्वमा उच्चस्तरीय सुझाव समिति गठन

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचनाका लागि प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन भएको छ।

सरकारको निर्णय अनुसार पोखरेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. ईश्वरी कडरिया र डा. यज्ञ गजाधर खड्का सदस्य रहेका छन्।

पोखरेलले नेपाल कृषि अनुसन्धान परिषदको पुनर्संरचना गर्ने मन्त्री परिषदवाट निर्णय गराई उच्चस्तरीय पुनर्संरचना समितिको संयोजकको जिम्मेवारी दिनु भएकोमा कृषि मन्त्री रामनाथ अधिकारीलाई धन्यवाद दिएका छन्।

समितिले ९० दिनको समय पाएको भन्दै तोकिएको समयमा कार्यदलले प्रतिवेदन बुझाउन अधिकतम प्रयास गर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *