काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले पार्टी सबै तहको सरकारमा भएपनि अहिले उकुसमुकुस र असन्तुष्टि रहेको बताएका छन् ।
उपन्यास सान्दाज लोकार्पण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै अहिले पार्टीका नेताहरुमा देखिएको छटपटाहटमा अवसर पनि रहेको बताए ।
उनले भने, ‘हामी अहिले नेपालको सबैभन्दा ठूलो पार्टी हो। सबैतिर सरकारमा छौं । पालिका, वडा, प्रदेश, संघ सबै सरकारमा छौं । अहिले हामीले बनाएको प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री पनि हाम्रो, अब गर्भनर हाम्रो, सबै हाम्रो। खुसी हुनुपर्ने हो नि कांग्रेस । सबैतिर हाम्रो भएको बेलामा ।’
उनले कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको जिकिर गर्दै देशमा देखिएको समस्या चिनेर समाधान गर्ने जिम्मेवारी पनि आफूहरुको काँधमा आएको बताए ।
उनले थपे, ‘युवाहरुमा पनि उकुसमुकुस छ । देशप्रतिको भरोसा टुटेको छ । बाहिर गए भनेर चिन्ता गरिरहेको छैन । जाने आउने चल्छ । तर नेपाल बन्दैन भन्ने परेर बाहिर जाने परिस्थिति बनेको छ । त्यो डरलाग्दो छ । यो परिस्थितिबाट देशलाई बाहिर निकाल्ने पनि कांग्रेसले नै हो । त्यो जिम्मेवारीमा हाम्रै हो ।’

Leave a Reply