गणतन्त्र दिवसका कार्यक्रम बहिष्कार गर्दै आएका बालेनप्रति प्रधानमन्त्रीले पोखेको रोष (पूर्णपाठ)

काठमाडौं । गणतन्त्र दिवसको तयारी समिति बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उपस्थित नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीप्रति क्रुद्ध देखिएका छन् । आज सिंहदरबारमा भएको बैठकमा उनले बालेनको नाम नलिइकन तीव्र रोष प्रकट गरे ।

प्रधानमन्त्री कार्यालयमा नै भएको बैठकमा काठमाडौं महानगरबाट उपमेयर सुनीता डंगोलले भाग लिएकी थिइन् । ललितपुरका मेयर चिरिबाबु महर्जन पनि उपस्थित थिए । बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति २०८२’ गठन गरेको छ । प्रधानमन्त्रीले उधुमसँग गणतन्त्र दिवस मनाउन निर्देशन दिएका थिए ।

आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले बालेनलाई लक्ष्यित गर्दै दिएको अभिव्यक्ति यस्तो छः

कहिले पनि नआउने, नाम राखिरहनु पर्ने, मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्या हो । कोही कोही मान्छे सधैँ राख्ने गर्छौं हामीले हरेक फङसनमा । कहिल्यै देखा पर्दैनन्, केही गर्दैनन्… त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ मलाई… (आफैँ हाँस्छन्) । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने…. कुनै व्यक्तिलाई कुनै अर्थ छैन, वास्तै छैन महत्व नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ कि ? तपाईंहरु पनि सोध्नुस् आउने हो कि होइन, रुचि छ कि छैन ?

प्रधानमन्त्रीले यति भनेपछि मुख्य सचिव एकनारायण अर्यालले थोरै जवाफ दिए ।

उनले भने, ‘मैले देख्या कुरा, सम्माननीयज्यूले चेयर गर्ने फर्मल मिटिङमा आउनुपर्ने बोलाएका मान्छेको कर्तव्य र जिम्मेवारीभित्र पर्छ । सोध्न पनि गाह्रो । जिल्लाबाहिर रहँदा त एउटा कुरा हो । नत्र फर्मल मिटिङमा आउनुर्प भन्ने मान्यता राख्छौं । अर्को मिटिङमा सम्माननीय ज्यू बस्दाबस्दै उठेर जाने प्रवित्ति पनि नराम्रो हो । कुनै पनि मिटिङको डेकोरम भित्र पर्दैन । मैले आज यो कुरा पनि निवेदन गरेँ । अस्ति मैले फिल गरेको विषय हो यो ।’

https://youtu.be/A55j8xKPqQA

त्यसपछि ओलीले थप्छन्-

हाइलेभल कमिटीमा सहभागीताका लागि आमन्त्रण गर्दा लगातार तीनपटक आएन भने त…. (रोकिएर) पदै जान्छ । त्यस्तो ठाएँमा चार पल्ट, पाँच पल्ट, जतिपल्ट पनि… जसलाई न चाडपर्व न केही… कुनै वास्ता नभएको… त्यस्तोमा सधैँ बोलाउनुपर्ने… हामीलाई त्यो बाध्यता हुने, आउनुपर्ने मान्छेलाई बोलाइराख्नुपर्ने… यस्तो हुँदैन ।

अर्कोपल्टसम्म सोधिखोजी गर्नुहोला । हेर्नुहोला रेकर्डमा को-को एकपल्ट पनि आउँदैन । रेकर्ड हेरेर आउने हो कि होइन सोधेर, आउन नसक्ने भए नाम नराख्नू । हरेकपल्ट इतिहास बनिरहने, नाम छापिइरहने हरेक ठाउँमा, हामीले पवित्र नाम गरिरहनुपर्ने, मान्छे नआउने…।

सबै उपस्थित साथीहरुलाई धन्यवाद । जो परिस्थितिवस आउन सक्नुभएन, मन भएर पनि, उहाँहरुलाई पनि धन्यवाद । उधुमसँग मनाउनुपर्छ । जनस्तरबाटै मनाउनुपर्छ । सरकारी कार्यक्रममा मात्रै भर पर्नु हुन्न ।

बैठकले जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

Comments

4 responses to “गणतन्त्र दिवसका कार्यक्रम बहिष्कार गर्दै आएका बालेनप्रति प्रधानमन्त्रीले पोखेको रोष (पूर्णपाठ)”

  1. Ra Avatar
    Ra

    This man is sedated with a high dosage of his medication and also his corrupt advisors

    Nepal needs to clear from this kind of leadership
    God bless Nepali

  2. bipin Avatar
    bipin

    yo manche steroid psycosis ma cha ..yeto lai pani PM ma rakhne ho ?

    1. Mania Thompson Avatar
      Mania Thompson

      I agree this man खड्गे, जान्मारा are under inflience of drug and गाँजा।

  3. Mania Thompson Avatar
    Mania Thompson

    I agree this man खड्गे, जान्मारा are under inflience of drug and गाँजा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *